२०८३ श्रावण १७, आईतवार १६:१९
इतर पक्षले पार्टी विभाजनक लागि तयारी अघि बढाएपछि कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिविरुद्ध पूर्वसभापति शेरबहादुर देउवा पक्षले राष्ट्रिय भेला गर्ने तयारी गरेपछि सभापति गगन थापाले बैठक बोलाएका हुन्।
शनिबार इतर पक्षले शशांक कोइरालाको नेतृत्वको ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति घोषणा गरेको छ।
उक्त पक्षले साउन २९ गते राष्ट्रिय भेला गर्ने घोषणा गरेपछि संस्थापन पक्षले साउन २४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार साउन २४ गते दिउँसो १ बजे बैठक बोलाइएको छ।

