२०८३ श्रावण १८, सोमबार ०७:५७

सुनसरी घटनालाई लिएर एक सातादेखि बन्द रहेको पूर्वपश्चिम राजमार्ग आइतवारदेखि विधिवत रुपमा संचालनमा आएको छ । मधेशको पर्सादेखि सप्तरी हुँदै कोशी प्रदेशको विराटनगरसम्म आन्दोलनले गर्दा गत एक सातादेखि पूर्वपश्चिम अवरुद्ध रहेको थियो ।

सुनसरी र सिरहाका पीडित मृतक परिवारसँगको सहमति र जनकपुरधाममा गृहमन्त्रीले आन्दोलनरतसँग गरेको सहमति पश्चात आइतवारदेखि पूर्वपश्चिम सडक खण्डमा चल्ने लामो दुरीका सवारी साधन सञ्चालनमा आएको हो । सवारी साधन सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ । हिजो, अस्ती टाढाटाडा चल्ने सार्वजनिक यातायात सञ्चालन नहुँदा अत्यावश्यक काम परेर यात्रा गर्नुपर्नेहरु मारमा परेका थिए ।

आइतवार बिहानदेखि भने लामो दुरीमा चल्ने बससमेत सञ्चालन भएसँगै जनजीवन सहज बनेको हो । मधेशका विभिन्न स्थानमा जारी कफ्र्यु हटाएर निषेधाज्ञा जारी गरेपछि पूर्वका सिराहा, सप्तरी, सुनसरी, विराटनगर लगायत आइतवारदेखि निर्वाध रुपमा सवारी साधन चल्न थालेको हो ।

जनकपुरधामबाट सञ्चालन हुने यात्रुवाहक बस पूर्ण रुपमा सञ्चालनमा आएपछि यात्रुलाई मात्र होइन बसमा काम गर्ने मजदूर र बस व्यवासयीलाई धेरै नै राहत भएको माँ जानकी जनकपुरधाम यातायात प्रा.लि.का अध्यक्ष मनोज चौधरीले बताए । उनले भने यात्रुवाहक बस बन्द भएपछि बस व्यवसायीलाई दैनिक करोडौ रुपैयाको क्षति भइरहेको थियो ।

अधिकांश बस व्यवसायी बैंकबाट ऋण लिएर नै बस किनेका छन् । बस बन्द भएपछि तिनीहरुलाई बैंकको किस्ता तिर्न समस्या पर्नुका साथै रोड परमिट र बीमा लगायतका रकम तिर्नुपर्ने बाध्यता रहेकाले बस व्यवसायीहरु निकै नै मारमा परेका थिए । यो सँगै बसमा काम गर्ने खलासी, ड्राइभर र कन्टेक्र लगायतका मजदूरलाई समेत समस्या भएको थियो ।

उनीहरुले दैनिक कमाउने र खाने स्थितिमा रहेकाले बस नै बन्द भएपछि तिनीहरुलाई जीवनयापन गर्न ठूलो समस्या परेको थियो । अब बस सञ्चालनमा आएपनि यात्रुलाई मात्रै होइन बस व्यवसायी र मजदूरलाई समेत निकै राहत भेटेको छ । यता जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले पनि आइतवारदेखि जनकपुरधामबाट सञ्चालन हुने पूर्व पश्चिम राजमार्गमा यात्रुवाहक बस सञ्चालनमा आएको बताएका बताएका छन् ।

बस खुलेपछि महेन्द्र राजमार्ग र अन्य भित्री सडकमा सवारीको चाप बढ्न थालेको ट्राफिकको भनाई छ । बस मात्रै होइन लोकल टेम्पु, म्याजिक, जीप, बस, बोलेरो भने सामान्य अवस्थामै नियमित सञ्चालनमा आएको छ ।

Comment


Related News

Latest News

Trending News