२०८३ श्रावण १८, सोमबार १७:२३

१२ हजार घुस रकमसहित सव-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादव पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले यादवलाई पक्राउ गरेको हो। काष्ठ उद्योगमा काठ लिई आएका ट्रकहरूको शिल खोलेको मुचुल्का गरिदिए बापत उनले घुस माग गरेका थिए।

यादवविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

Comment

Related News

Latest News

Trending News