२०८३ श्रावण १९, मंगलवार ०७:५४

सुनसरी घटनापछि मधेशमा विभिन्न जिल्लामा लगाइएको कफ्र्यु र निषेधाज्ञा हटाइएपछि सोमवारदेखि जनकपुरधाम सहित प्रदेशभरका जनजीवन समान्य बनेको छ । केही दिनअघि सुरक्षा संवेदनशीलताका कारण जारी गरिएको कफ्र्यु र निषेधाज्ञा हटेसँगै जनकपुरधामको बजार खुलेको छ ।

मधेश प्रदेशका धनुषा, सप्तरी, सिरहा लगायतका क्षेत्रमा लगाइएको कफ्र्यु र निषेधाज्ञा पूर्णरुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका तथा आसपासका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाएको छ । जिल्लाको सुरक्षा अवस्था सुधार हुँदै गएको र आन्दोलनरत पक्षले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेपछि निषेधाज्ञा हटाइएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार पछिल्ला दिनमा जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको, बजार, यातायात तथा सार्वजनिक सेवा क्रमशः नियमित हुन थालेको र आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिएकाले निषेधाज्ञा कायम राख्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालिएको हो ।

जनकपुरधाममा सम्भावित अप्रिय घटना रोक्न भन्दै गत साउन १६ गते बिहान १० बजेदेखि निषेधाज्ञा लागू गरिएको थियो । त्यस अवधिमा सार्वजनिक भेला, प्रदर्शन तथा आवतजावतमा विभिन्न प्रतिबन्ध लगाइएको थियो । यसअघि सरकार र आन्दोलनरत पक्षबीच भएको सहमतिपछि आन्दोलन स्थगित भएको छ । त्यससँगै जनजीवन पनि विस्तारै सामान्य अवस्थामा फर्किन थालेको प्रशासनको भनाइ छ । प्रशासनले निषेधाज्ञा हटाइए पनि शान्ति, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षालाई प्राथमिकतामा राख्दै कानुनको पालना गर्न तथा कुनै पनि उच्छृंखल गतिविधिमा संलग्न नहुन सबैसँग आग्रह गरेको छ ।

यस्तै सप्तरीको राजविराज र बोदेबर्साइन नगरपालिकामा लागू गरिएको निषेधाज्ञा सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा निषेधाज्ञा हटाइएको जनाएको हो । स्थानीय प्रशासनका अनुसार जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको र परिस्थितिमा सुधार आएपछि निषेधात्मक आदेश हटाउने निर्णय गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनामा सोमबार बिहान १० बजेदेखि राजविराज र बोदेबर्साइन नगरपालिकामा लागू रहेका सबै निषेधात्मक आदेश स्वतः समाप्त भएको उल्लेख गरिएको छ ।

उता सप्तरीको राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी निषेधाज्ञा सोमबार बिहानदेखि हटाइएको छ। जिल्लाको समग्र जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको शान्ति–सुरक्षाको अवस्था सामान्य बन्दै गएको निष्कर्षसहित जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बिहान १० बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाएको हो ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको सूचनामा राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा लागू गरिएको निषेधाज्ञा पूर्ण रूपमा हटाइएको उल्लेख छ। साथै सर्वसाधारणलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरिएको छ । निषेधाज्ञा हटाइएसँगै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ ।

बजार क्षेत्र खुल्न थालेका छन् भने सार्वजनिक तथा निजी सवारीसाधनको सञ्चालन पनि नियमित हुन थालेको छ। राजविराज, बोदेबर्साइन र आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्री खरिद गर्ने सर्वसाधारणको चहलपहल बढ्न थालेको छ ।

Comment


Related News

Latest News

Trending News