२०८३ श्रावण १९, मंगलवार ११:०४

महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

महोत्तरी प्रहरीका अनुसार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा बस चालक गौशाला नगरपालिका-५ का करिब ४० वर्षीय विजय भुजेलसहित सवार ६ जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइतेहरूको उपचारका लागि गौशालास्थित बिके अस्पताल तथा स्थानीय पोलिक्लिनिकहरूमा पठाइएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comment

Related News

Latest News

Trending News