२०८३ श्रावण १९, मंगलवार १५:३१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद सिंहले मधेशमा कुनै पनि आन्दोलन वा प्रदर्शन हुँदा लाठी वा टियर ग्याँस प्रयोग नगरी सिधै गोली किन चलाइन्छ भन्दै सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाउनुभएको हो ।
उहाले प्रहरीसँग लाठी वा टियर ग्याँस नभएको वा तालिमको कमी भएको हो कि भन्ने प्रश्न गर्नुभयो ।
मधेशलाई पछाडि पार्ने, गरिब बनाइराख्ने र विरोध हुँदा गोली ठोक्ने परिपाटीको अन्त्य हुनुपर्ने उहाले बताउनुभयो ।
नेपाली सेना मधेसमा जाने वितिक्कै मधेसका नागरिकले नेपाली सेनामा आफ्नो अनुहार नदेख्ने र देशकै सेनालाई विदेशी सेनाको रुपमा बुझ्ने मनोविज्ञानलाई अन्त्य गर्नुपर्ने उहाको भनाइ छ ।

