२०८३ श्रावण २०, बुधबार ०७:५१

कोशी प्रदेशको सुनसरी जिल्लामा पर्ने कप्तानगञ्ज तथा मधेश प्रदेशका विभिन्न जिल्लामा भएका साम्प्रदायिक तनाव र हिंसात्मक घटनाको निष्पक्ष छानबिनको विषयले राजनीतिक र प्रशासनिक दुवै तहमा प्राथमिकता पाएको छ ।

एकातिर गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समितिले सिरहाको गोलबजार घटनाको अध्ययन औपचारिक रूपमा शुरु गरेको छ भने अर्कोतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा -एमाले) ले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति गठन गर्न सरकारसंग माग गरेको छ ।

गृह मन्त्रालयद्वारा गठित सहसचिव पुष्पराज शाही नेतृत्वको उच्चस्तरीय छानबिन समितिले सिरहाको गोलबजारमा भएको प्रदर्शन तथा त्यसक्रममा भएको हिंसात्मक घटनाको स्थलगत अध्ययन शुरु गरेको छ । समितिले घटनाको वस्तुगत अध्ययन, प्रमाण संकलन, सरोकारवालासंग छलफल तथा घटनाको पृष्ठभूमिको विश्लेषण गर्ने कार्य अघि बढाएको जनाएको छ ।

प्रारम्भिक चरणमा समितिले घटनास्थलको अवलोकन गरी तथ्य संकलन गरेको छ। त्यसपछि गोलबजार नगरपालिकामा सर्वदलीय बैठक आयोजना गरी जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालासँग घटनाका विभिन्न पक्षबारे जानकारी लिएको समितिका संयोजक पुष्पराज शाहीले बताए ।

समितिले आन्दोलनबाट प्रभावित व्यवसायीसंग छुट्टै छलफल गरी उनीहरूको भौतिक तथा आर्थिक क्षतिबारे जानकारी लिएको छ । यसका साथै मुस्लिम समुदायका प्रतिनिधिसंग पनि अलग बैठक गरी घटनाको कारण, त्यसले स्थानीय समाजमा पारेको प्रभाव तथा आगामी दिनमा सामाजिक सद्भाव कायम गर्ने उपायबारे छलफल गरिएको उनले जानकारी दिए ।

संयोजक शाहीले जनाए अनुसार समितिको मुख्य उद्देश्य आन्दोलनका क्रममा सुरक्षाकर्मीले गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने यथार्थ पत्ता लगाउनु, घटनाको समग्र पृष्ठभूमि अध्ययन गर्नु तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक नीतिगत र व्यवहारिक सुझावसहित प्रतिवेदन तयार गर्नु हो ।

अध्ययन सम्पन्न भएपछि विस्तृत प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने उनले बताए । यसैबीच आन्दोलनका क्रममा स्थानीय व्यवसायी तथा सर्वसाधारणको सम्पत्तिमा पुगेको क्षतिको विवरण संकलन गर्ने काम जिल्ला प्रशासन कार्यालय सिरहाले गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनाए अनुसार क्षतिग्रस्त घर, पसल तथा अन्य संरचनाको मुचुल्का तयार गर्ने, मूल्यांकन गर्ने तथा वास्तविक क्षतिको तथ्यांक संकलन गर्ने कार्य जारी छ ।

गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर सिरहाको औरही गाउँपालिका–२ मा पर्ने तुल्सीपुरका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । सोही घटनामा धनुषाको धनुषाधाम नगरपालिका–८ मा पर्ने धारापानी कुम्हराका १९ वर्षीय सुभाष ठाकुर घाइते भएका थिए । घटनापछि स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको थियो भने निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग उठ्दै आएको छ ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा -एमाले) ले कोशी प्रदेशको सुनसरी तथा मधेश प्रदेशको सिरहा, धनुषा, पर्सा, सप्तरीलगायत जिल्लामा भएका घटनाको निष्पक्ष अनुसन्धानका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गर्न सरकारसंग माग गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै एमाले सांसद गुरु बरालले घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीलाई कानुनी दायरामा ल्याउन स्वतन्त्र र विश्वासयोग्य न्यायिक समिति आवश्यक रहेको बताए । उनले घटनामा चार जनाको ज्यान गएको उल्लेख गर्दै त्यसको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने अवस्था आएको बताए ।

सांसद बरालले भने, ‘चार जना मृतकहरूको हत्याको जिम्मा गृहमन्त्री र प्रधानमन्त्रीले नैतिक रूपमा लिनुपर्ने आवश्यकता बनेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गरी निष्पक्ष छानबिन अघि बढाउनुपर्छ ।’ सरकारले गठन गरेको प्रशासनिक छानबिन समिति पर्याप्त नभएको दाबी गर्दै उनले न्यायिक अधिकारसहितको स्वतन्त्र आयोगमार्फत मात्रै घटनाको वास्तविकता बाहिर आउन सक्ने बताए । उनले घटनामा प्रभावित भएका स्थानीयको घर, पसल तथा अन्य निजी सम्पत्तिको उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीमाथि कानुनी कारबाही

Comment


Related News

Latest News

Trending News