२०८३ श्रावण २२, शुक्रबार ०६:४४

आर्थिक वर्ष २०८२/८३ मा धनुषा जिल्ला अदालतले पाँच हजारभन्दा बढी मुद्दा फर्छोट गरेको छ ।

नयाँ मुद्दाको चाप निरन्तर बढिरहेका बेला अदालतले आधाभन्दा बढी ५ हजार २१६ मुद्दा टुंग्याए पनि पाँच हजार भन्दा बढी मुद्दा अझै विचाराधीन रहेका छन् । गत आर्थिक वर्षमा पाँच हजार ८४४ नयाँ मुद्दा दर्ता भएका थिए भने अघिल्लो आर्थिक वर्षबाट चार हजार २३१ मुद्दा सरेर आएको अदालतका सूचना अधिकारी हेमकुमार महतोले जनाएको छ ।

यो सँगै अदालतमा कूल १० हजार ७५ मुद्दा विचाराधीन रहेकामा पाँच हजार २१६ मुद्दा फछ् र्योट गरिएको हो । हाल पाँच हजार ५९ मुद्दाको सुनुवाइ प्रक्रिया जारी रहेको अदालतले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा अदालतमा पाँच हजार ७५३ नयाँ मुद्दा दर्ता भएको बताइएको छ । त्यसअघि रहेका चार हजार १७९ मुद्दासहित कूल नौ हजार ९३२ मुद्दामध्ये पाँच हजार ७०१ मुद्दा फछ् र्योट गरिएको थियो । यस वर्ष नयाँ मुद्दा बढे पनि फछ्र्योट हुने मुद्दाको संख्या भने केही घटेको देखिएको छ ।

सूचना अधिकारी महतोका अनुसार उक्त प्रणाली कार्यान्वयनमा आएपछि पेसी व्यवस्थापन सहज भएको, सुनुवाइ प्रक्रिया पारदर्शी बनेको तथा सेवाग्राहीले छिटो र प्रभावकारी सेवा पाउन थालेका छन् । अदालत प्रशासनले आगामी दिनमा सूचना प्रविधिको प्रयोगलाई थप विस्तार गर्दै न्याय सम्पादनलाई अझ प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने लक्ष्य रहेको जनाएको छ । अदालतले पछिल्लो समय लागू गरेको स्वचालित पेसी प्रणालीले न्याय सम्पादन प्रक्रियालाई थप व्यवस्थित बनाएको जनाएको छ ।

स्वचालित प्रणालीको प्रभावकारी कार्यान्वयनसँगै मुद्दा व्यवस्थापनमा सुधार आउने र विचाराधीन मुद्दाको संख्या क्रमशः घट्दै जाने अदालतको विश्वास छ ।

 

Comment


Related News

Latest News

Trending News