नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताउनुभएको छ ।
स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा सभापति थापाले साउन २४ गते देखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताउनुभएको हो ।
उहाले पार्टीलाई मौलिक इतिहास, त्याग र जगमा फर्काउदै नयाँ ढंगले अघि बढाइने उल्लेख गर्नुभयो । सभापति थापाले कांग्रेस पार्टीलाई सत्ता चाहि र शक्ति चाहिने भएपनि सिद्धान्तसँग सम्झौता गरेर प्राप्त हुने सत्ताको केही पनि अर्थ नरहेको उल्लेख गर्नुभयो ।
उहाले सेवा भाव र नागरिकको अधिकारका लागि गरिने राजनीति अहिलेको आवश्यकता रहेको धारणा राख्नुभयो । बिपी कोइराला, गणेशमान सिंह, र कृष्णप्रसाद भट्टराई जस्ता शीर्ष नेताहरूले पद र सत्ताका लागि सिद्धान्तसँग कहिल्यै सम्झौता नगरेको उहाले स्मरण गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरुलाई स्कुल व्याग तथा स्टेशनरी सामाग्री बितरण गरिएको थियो ।

