२०८३ श्रावण २४, आईतवार ०७:४४

जनकपुर धामस्थित सामाजिक संस्था श्री राम युवा कमिटीको १७ औँ कार्यसमितिका लागि निर्वाचित पदाधिकारीहरु पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

शपथ ग्रहण सँगै पछिल्ला कार्यसमितिका पदाधिकार ीहरुले उनीहरुलाई पदहस्तान्तरण समेत गरेका छन् । पछिल्लो पटक सम्पन्न निर्वाचनबाट विजयकुमार साह तेलीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा शिव ठाकुर सोनार, उपाध्यक्षमा दीपककुमार साह, महासचिवमा सुभाषचन्द्र साह, सचिवमा लोकेश्वर झा तथा कोषाध्यक्षमा विनय साह निर्वाचित भएका थिए । त्यसैगरी कार्यसमिति सदस्यमा अमर ठाकुर, सन्दीपकुमार साह, जितेन्द्रकुमार भगत, महावीर साह कानु -गोपाल), धर्मेन्द्र साह र सुदीपकुमार भण्डारी निर्वाचित भएका थिए ।

निर्वाचन समितिका प्रमुख निर्मलकुमार चौधरीका अनुसार सम्पन्न मतदानमा कुल २५८ मतदातामध्ये २३३ जनाले मतदान गरेका थिए ।

Comment


Related News

Latest News

Trending News