श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सरकारले जनताको पिडा महसुस गर्न नसकेको आरोप लगाउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले जनताले देशमा सुरक्षा, न्याय र सेवा–सुविधा नपाएको र ग्यासका लागि घण्टौँ घाममा उभिनुपर्ने बाध्यता रहदा सरकारले जनताको पिडा महसुस गर्न नसकेको बताउनुभएको हो । उहाले ठूलो आशाका साथ भोट पाए पनि सरकारले परिवर्तन ल्याउन नसकेको र मन्त्रीहरूबिच नै समन्वय र विश्वासको कमी देखिएको धारणा राख्नुभयो । देशमा अवसर नहुँदा युवाहरू विदेशिन बाध्य भएको र वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी रोक्न र ठगहरूलाई कारबाही गर्न सरकार असफल भएको उहाले बताउनुभयो ।
उहाले विगत साढे दुई महिनादेखि संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग गरिए पनि उहाँ नआउनु बालहठ र पदिय गैरजिम्मेवारी भएको टिप्पणी गर्नुभयो ।

