२०८३ श्रावण २७, बुधबार ०६:३६

सुनसरी र सिरहामा भएका घटनामा ज्यान गुमाएका चार जनालाई नेपाल सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । सुनसरीमा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता र सिरहामा ज्यान गुमाएका गणेश यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

त्यसैगरी, स्वास्थ्य सेवालाई थप सुलभ बनाउन र वातावरणीय संरक्षणलाई बढवा दिन सरकारले ठूलो कर छुटको घोषणा गरेको उनले बताए । प्रवक्ता पोखरेलका अनुसार नेपालभित्र पैठारी हुने वा स्वदेशमै उत्पादन हुने विद्युत् बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) मा पूर्ण रूपमा छुट दिने निर्णय अर्थ मन्त्रालयको प्रस्तावमा स्वीकृत भएको छ ।

Comment


Related News

Latest News

Trending News