प्रदेश प्रहरी समायोजन, गठन र व्यवस्थापन बारे मधेश प्रदेशका गृहमन्त्री फकिरा महतोले प्रदेशमा अहिलेसम्म तयार पारिएका ऐन, विधेयक मस्यौदा र नियमसहितका दस्तावेज संघीय गृहमन्त्री सुदन गुरुङलाई बुझाएको भोली पल्टै बुधवार मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पनि भेटघाट गरेका छन् ।
मुख्यमन्त्री यादवले संविधानले प्रदान गरेको अधिकार अनुसार छिटो भन्दा छिटो प्रहरी समायोजन प्रक्रिया अगाडी बढाई दिनका लागि आग्रह गरेको उनका सचिवालयले जनाएको छ । सचिवालय दिएको जानकारी अनुसार जनकपुरधाममा सम्माननीय प्रधानमन्त्रीले चुनावको समयमा व्यक्त गरेको अभिव्यक्ति अनुसार प्रादेशिक संरचनालाई बलियो बनाउनका लागि प्रहरी समायोजन सहितका अन्य कामकाज गरिदिनका लागि उनले आग्रह गरेका थिए ।
यसका साथै बैठकमा मधेश प्रदेशको शान्ति सुरक्षा सहितको विविध पक्षहरू बारे पनि मुख्यमन्त्री यादवले संघीय गृहमन्त्री गुरुङसँग भेटघाटमा छलफल गरेका हुन् । गृह मन्त्रालय सिंहदरबारमा भएको भेटघाटमा पछिल्लो समयमा मधेशको शान्ति सुरक्षाको अवस्था सहितका अन्य समसामयिक विषयहरूमा छलफल गर्नुका साथै प्रदेशमा स्थिरता तथा विकासका लागि पनि निजामती सम्बन्धि ऐनको प्रभावकारी कार्यान्वयनका गर्न संघ सरकारले सहयोग गर्न समेत आग्रह गरिएको हो ।
प्रहरी समयोजन बारे प्रक्रिया अगाडि बढाई दिन संघीय गृहमन्त्रीलाई प्रदेशले अहिलेसम्म गरेको तयारीसहितको कानूनी दस्तावेज बुझाइसकेको भन्दै गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतालेले यदि प्रक्रिया अघि बढाइएन भने प्रदेश सरकारले प्रहरी भर्नाका लागि बजेट छुटयाई सकेछ सोही अनुसार अघि बढनेछ ।
मधेश प्रदेश सरकारले प्रदेश प्रहरी भर्नाका लागि चालु आर्थिक वर्षमा करिब ३ अर्ब रकम विनियोजन गरिसकिएको जानकारी संघीय गृहमन्त्री गुरुङलाई जानकारी गराई संघीय सरकार चासो नलिए प्रदेश आफ् नो तरिकाले अघि बढने समेत भनिएको उनले बताए ।

