२०८३ श्रावण २८, बिहीबार १३:४८
नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि आज स्वदेश फर्किनुभएको छ ।
उहाँ दिउँसाे साढे १२ बजे काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएकाे हाे । उपचारका लागि भन्दै श्रीमती डा. आरजु राणा देउवासहित विदेश गएका देउवा बिहीबार एक्लै काठमाडौं आइपुगेका हुन्।
गएकाे भदौ २४ गते नवयुवा आन्दोलनका क्रममा गम्भीर घाइते हुनुभएका देउवा उपचारका लागि पत्नी आरजु राणा देउवासहित सिङ्गापुर प्रस्थान गर्नुभएको थियो । देउवा पत्नी आरजु भने स्वदेश फर्किनुभएकाे छैन ।
५ महिनाभन्दा धेरै समयपछि स्वदेश फर्किनुभएका देउवालाई स्वागत गर्न विमानस्थलमा कांग्रेसका नेताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

