२०८३ श्रावण २८, बिहीबार १५:१५

नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले बिहीबार पाँच महिनापछि स्वदेश फर्किएलगत्तै लामो सन्देश जारी गरेका छन्।

सन्देशमा उनले आफूलाई बीपी कोइरालासँग तुलना गरेका छन्। देउवाको सन्देशमा भनिएको छ– ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु।’

उनका अनुसार २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कंदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गरेजस्तै फेरि ४७ वर्षपछि त्यही स्थिति आएको छ।

‘राष्ट्रिय एकतालाई मजबुत बनाउन सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ। आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौँ। प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौँ। यस्तो नेपाल निर्माण गरौँ,’ उनले भनेका छन्, ‘जहाँ प्रत्येक बालकले निर्भीक सपनाहरू देख्न सकोस्, प्रत्येक ज्येष्ठ नागरिकले सम्मानपूर्वक विश्राम गर्न पाओस्, र प्रत्येक समुदाय समृद्धि तथा अवसरका साथ फस्टाउन सकोस्।’

देउवाले आफू नेता बनेर नभई आजीवन नागरिक बनेर फर्किएको पनि बताएका छन्।

उनले संविधानको संरक्षण र आवश्यक संशोधन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने धारणा राखेका छन्। आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको पनि देउवाले बताएका छन्।

 यस्तो छ सन्देश :deuwa-apil-1-1087x1536-1786608079.jpg
deuwa-apil-2-1087x1536-1786607927.jpg

Comment


Related News

Latest News

Trending News