२०८३ श्रावण २८, बिहीबार १८:२१
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् ।
शाहले बिहीबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए । प्रदेशसभा बैठकलाई सम्बोधन गरेपछि उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।
प्रदेशमा विश्वासको मत पाउने अवस्था नरहेपछि शाहले राजीनामा दिएका हुन् । गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह अल्पमतमा परेका थिए ।
प्रदेशसभाबाट विश्वासको मत लिने अन्तिम दिन उनले बिहीबार राजीनामाको घोषणा गरेका हुन् । शाहको राजीनामासँगै अब प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने छ । नयाँ सरकार गठनका लागि यसअघि नै नेकपा र नेकपा एमालेबिच सहमति भइसकेको बताइएको छ।

