२०८३ श्रावण २९, शुक्रबार ११:१४

भारतको बिहारस्थित मोतीहारी जिल्लामा मोटरसाईकल चोरीको आशंकामा दुई नेपाली युवक पक्राउ परेका छन्। रामगढवा थाना क्षेत्रको नारीरगिर चौकमा सवारीसाधन जाँचका क्रममा प्रहरीले उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

प्रहरीले नियमित सवारी जाँचका क्रममा एचएचडी मेसिन प्रयोग गरी बिहिवार मोटरसाइकलको विवरण परीक्षण गर्दा चेचिस नम्बर र रजिस्ट्रेसन नम्बरबीच भिन्नता भेटिएको थियो। त्यसपछि मोटरसाइकलको थप विवरण जाँच तथा सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको रहेको खुलेको भारतीय प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार पक्राउ पर्नेमा बाराको कलैया नगर क्षेत्रअन्तर्गत बैराठापुरका हरिनारायण सिंहका छोरा आदित्य सिंह र पर्साको वीरगञ्ज नगर क्षेत्रअन्तर्गत बहुअरीका रमेश गिरिका छोरा शिवानन्द गिरी रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका दुवै युवक नेपालका फरक–फरक जिल्लाका हुन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ भने चोरीको मोटरसाइकलसम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ।

Comment


Related News

Latest News

Trending News