२०८३ श्रावण २९, शुक्रबार ११:२९
सुनको भाउ फेरि लगातार घट्न थालेको छ।
सुनको भाउ आज तोलामा ४ हजार ६ सय रुपैयाँ घटेर ३ लाख १ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख ६ हजार २ सयमा झरेको थियो। त्यसअघि बुधबार पनि सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घटेको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ९० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ६ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ ४ हजार ७ सय ५० रुपैयाँ थियो।

