२०८३ श्रावण २९, शुक्रबार २०:१७

नेपाली कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवाले विधि, विधान र पद्धतिविपरीत विशेष महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउने काम भएको बताउनुभएको छ ।

कांग्रेसको संस्थापन इतरपक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले विशेष महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउने गरी विधि, विधान र पद्धतिविपरीत काम भएको बताउनुभएको हो । उहाले पार्टीको विवादको विषय हाल सर्वोच्च अदालतमा पुनरावलोकनको अवस्थामा रहेकाले धेरै टिप्पणी नगर्ने तर अदालतबाट न्याय प्राप्त हुनेमा पूर्ण विश्वस्त रहेको धारणा राख्नुभयो । वि.सं. २००७ सालको संघर्षदेखि वर्तमान युवा पुस्तासम्म सबै पुस्ता अटाएको पार्टी कांग्रेस भएको स्मरण गर्दै देउवाले कांग्रेसभित्र चरम विवाद हुँदा समग्र मुलुकको राष्ट्रियता र लोकतन्त्र कमजोर हुने जोखिम रहने बताउनुभयो । असहमतिहरूलाई सम्बोधन गर्दै सबैलाई न्याय हुने गरी बृहत्तर एकतामा बाँधिनुपर्ने र यसमा कुनै व्यक्तिविशेष केन्द्रित हुन नहुने उहाको भनाइ छ । देउवाले संविधानको कार्यान्वयनमा देखिएका कठिनाइहरूको अनुभवका आधारमा बृहत्तर राष्ट्रिय सहमति खोजी संविधानप्रदत्त व्यवस्था अनुसार निकास दिन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । साझा उद्देश्य र संकल्प भएका सबै राष्ट्रिय राजनीतिक शक्तिहरूसँग सहकार्य गर्न तयार रहेको उहाको भनाइ छ । उहाले बीपी कोइरालाले देखाउनुभएको राष्ट्रिय एकता र मेलमिलापको नीति वर्तमान समयमा अझ बढी सान्दर्भिक भएको धारणा राख्नुभयो । पार्टीभित्र विश्वासको वातावरण बनाउदै एकताबद्ध भएर मुलुकको लोकतान्त्रिक पद्धतिको रक्षा गर्न कांग्रेस सफल हुने उहाले बताउनुभयो ।

त्यस्तै काग्रेसका पूर्व कार्यबहाक सभापति पूर्ण बहादुर खड्काले निर्वाचन आयोगले आफ्नै पूर्वस्थापित नजिर र कानुनी मान्यताको प्रतिकूल हुने गरी कांग्रेसलाई कमजोर पार्ने गरि निर्णय गरेको आरोप लगाउनुभयो । उहाले विधानको व्यवस्थाविपरीत महामन्त्री र केही प्रतिनिधिहरूले अवैधानिक तवरले विशेष महाधिवेशन आयोजना भएको उल्लेख गर्नुभयो । आगामी १५औँ महाधिवेशनमा जानका लागि विधान संशोधन अनिवार्य भएकाले यस सत्रको छलफल निर्णायक हुने उहाको भनाइ छ ।

त्यस्तै कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको भए तापनि देश र लोकतन्त्रको हितका लागि कांग्रेस …एक ढिक्काÚ हुनु अनिवार्य रहेको र त्यो सम्भव हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो । कांग्रेस एकताबद्ध भएर अन्य राजनीतिक दल तथा देशका अन्य शक्तिहरूसँग समेत सहमति, सहकार्य र एकता गरेर अघि बढ्नुपर्ने उहाले बताउनुभयो । उहाले पार्टी विवादका बिषयमा अदालतको न्यायिक निर्णयपछि पार्टीलाई थप एकताबद्ध बनाएर देशमा पुनः राष्ट्रियता र प्रजातन्त्रको लहर ल्याउने उल्लेख गर्नुभयो ।

त्यस्तै कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि लगाएतका नेताहरुले शेरबहादुर देउवाकै नेतृत्वमा१५औँ महाधिवेशन हुने र पार्टी थप बलियो हुने धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News