नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दु भएको हुँदा अन्य धर्मको पनि रक्षा गर्ने बताएका छन् ।
काठमाडौंमा भएको इतरसमूहको भेलामा उनले भने, “साथीले लेखेर दिनुभएको छ । सनातन हिन्दुका बारेमा केही बोलिदिनुपर्यो भन्नुभएको छ । म हिन्दु हुँ । ब्रतबन्ध पनि हिन्दु संस्कार अनुसार भएको हो । बहिनीको बिहे पनि हिन्दु संस्कार अनुसार भएको हो, मैले बिहे पनि गुहेश्वरीमा हिन्दु धर्मअनुसार गरेको हुँ । नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने हुँ । म हिन्दु हुँ, हिन्दु, पशुपति जान्छु, पूजा गर्छु । म हिन्दु हुँ । बुद्धका प्रति माया छ । संसारले मानेको छ । वैज्ञानिक धर्म पनि भनेको छ ।”
देउवाले विशेष महाविधेशन जबर्जस्तीरुपमा भएको बताएका छन् ।
“सर्वोच्चले राजाले थुन्दा पनि छुटाएको हो । अहिले पनि न्यायालयले मलाई बचाएको छ । जसको कारणले म नेपालमा आएको छु । अझै मुद्दा हामीले हालेका छौँ । यो चाहिँ मैले मागेको थिइनँ । विशेष अधिवेशनलाई मैले मानेको पनि थिइनँ । सबैको सहमतिमा विशेष महाधिवेशन गरौँ भनेको थिएँ,” देउवाले भने, “जबर्जस्ती गरेर धेरै साथीलाई बाहिर राखियो । अदालत गयौँ । अदालतको निर्णय आउन बाँकी छ । अहिले अदालतको विषयमा धेरै बोल्नुपर्ने कारण छैन ।”

