२०८३ भाद्र १, सोमबार १३:३३

नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान सेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ ।

उनीहरूबिच सोमबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटघाटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । आजै भारतीय सेनाध्यक्ष सेठले राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न लिँदैछन् ।

नेपालले भारत र भारतले नेपालका प्रधानसेनापतिलाई मानार्थ प्रदान गर्ने चलन छ ।

Comment


Related News

Latest News

Trending News