२०८३ भाद्र १, सोमबार १४:२३

उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ ।

डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउन र सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग उज्यालो नेपाल पार्टीले हस्ताक्षर अभियान सुरु गरेको हो । काठमाडौंको माइतिघरमा हस्ताक्षर अभियान सुरु गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत र इन्डक्सनलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै कर लगाइएको भन्दै कर खारेज गर्न माग गर्नुभयो ।

इन्डक्सन र चार्जिङ स्टेसनले ट्रान्सफर्मर/लाइन पड्किन्छ भनी जिम्मेवार निकायबाट भ्रम फैलाइएको भन्दै उहाले आपत्ति जनाउनुभयो । अध्यक्ष घिसिङले नेपालमा विद्युतीय सवारी व्यापक बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा, ७०–८० प्रतिशतसम्म भन्सार र कर बढाएर पुनः पेट्रोल–डिजेल र ग्यास आयातलाई नै बढावा दिने गलत नीति लिएको उल्लेख गर्नुभयो ।

शिक्षा र स्वास्थ्यमा लगाइएको भ्याट हटाएकोमा सरकारलाई धन्यवाद दिँदै उहाले राइड सेयरिङ र २०–३० हजार कमाउने साधारण श्रमिकहरूमाथि करको भार थुपारिएको भन्दै विरोध गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News