२०८३ भाद्र १, सोमबार १७:१४
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
सोमबार लुम्बिनी प्रदेशसभा बैठकमा प्रस्तुत विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
मुख्यमन्त्री आचार्यको विश्वासको मतको पक्षमा ४५ मत र बिपक्षमा २६ मत परेको थियो । मुख्यमन्त्री आचार्यको विश्वासको मतको पक्षमा परेको मत प्रदेशसभामा कायम सदस्य संख्याको बहुमत भएकाले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले घोषणा गर्नुभयो ।
मुख्यमन्त्री आचार्यलाई एमाले, नेकपा, राष्ट्रिय जनमोर्चा र जसपा नेपालका सांसदहरुले विश्वासको मत दिएका हुन् भने कांग्रेस र जनमतका सांसदले बिपक्षमा मत दिएका थिए ।

