नेपाल भ्रमणमा रहनुभएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
रक्षामन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटका क्रममा दुई देशका सेनाबीचको सम्बन्धका बारे चर्चा भएको बताइएको छ । भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी हुनुहुन्थ्यो ।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आउनुभएको थियो ।
सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने परम्परा छ ।

