२०८३ भाद्र २, मंगलवार १७:२९

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका असन्तुष्ट नेताहरुसंग आफु निरन्तर छलफलमा रहेको बताउनुभएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा १५ औं केन्द्रीय महाधिवेशन अन्तरर्गत विभिन्न जिल्लाहरुमा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा सभापति थापाले औपचारिक रुपमा पार्टीको महाधिवेशन प्रक्रिया सुरु भएको भन्दै सवैलाई समेट्न असन्तुष्ट नेताहरुसंग आफु निरन्तर छलफलमा रहेको बताउनुभएको हो ।

सदस्यता वितरण र निष्पक्षताबारे कसैको पनि असन्तुष्टि, प्रश्न वा आशंका भएमा नयाँ समिति बनाएर वा खुला छलफल गरेर समाधान खोज्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

उहाले सम्पूर्ण निर्वाचन प्रक्रियामा सवैले निष्पक्षता महसुस गर्न पाउनुपर्ने र कतै पनि पूर्वाग्रह वा अनियमितता नहुने गरी काम हुनुपर्नेमा जोड दिनुभयो । सदस्यता प्रणालीलाई डिजिटलाइज गरिएकाले अब सदस्यता स्वतः नवीकरण हुँदै जाने र आगामी अधिवेशनहरूमा हालको जस्तो विवाद र झन्झट सधैँका लागि अन्त्य हुने उहाले बताउनुभयो ।

उहाले सीमित समयभित्र धेरै काम सम्पन्न गर्नुपर्ने अवस्था रहेकोले अन्तिम मिति परिवर्तन नहुने गरी असोज १६ अगाडिका अन्य तहका अधिवेशनहरूको विस्तृत कार्यतालिका निर्वाचन समितिले बनाउने र सोही अनुसार सबैले कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News