२०८३ भाद्र २, मंगलवार १८:४४

अग्रगामी मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म मोर्चाका कुनै पनि घटक दलहरू प्रदेश सरकारहरूमा सहभागी नहुने निर्णय गरेको छ ।

मोर्चाको मंगलबार बसेको बैठकले उक्त विषयमा सर्वसम्मत निर्णय गरेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

मोर्चाका प्रवक्ता डा. चन्द्रकान्त राउतद्वारा जारी विज्ञप्तिमा संसदीय मर्यादा कायम राख्न र असंसदीय गतिविधि रोक्न जोड दिइएको छ ।

यस्तै, लुम्बिनी प्रदेशसभामा संसदीय व्यवस्थाको मूल्य, मान्यता र पार्टीको निर्णय विपरीत प्रदेश सभा सदस्यहरूलाई मन्त्री पदको सपथ ग्रहण गराएको भन्दै मोर्चाले आपत्ति जनाएको छ ।

मोर्चाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यको घोर भर्त्सना र निन्दा गरेको छ । जनता समाजवादी पार्टी (जसपा), नेपालको निर्णय र निर्देशन विपरीत नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सम्मिलित नेकपा (एमाले) नेतृत्वको प्रदेश सरकारले जसपाका प्रदेशसभा सदस्यहरूलाई मन्त्री पदको सपथ गराएको भन्दै  मोर्चाले निर्णय सच्याउन माग गरेको छ ।

भाद्र १ गते जसपा सांसदलाई समेत  सरकारको पक्षमा मतदान गराउनु संसदीय व्यवस्था एवम् लोकतान्त्रिक प्रणालीको मान्यता विपरीत र अनैतिक भएको मोर्चाको ठहर छ । मोर्चाले उक्त कार्यलाई अनैतिक तथा असंसदीय भन्दै तुरुन्त सच्याउनसमेत आग्रह गरेको छ ।

Comment


Related News

Latest News

Trending News