२०८३ भाद्र ४, बिहीबार १२:५५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका बिषयमा विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।

बिहीबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका निमित्त सचिव पद्म मैनालीले गोकुल बाँस्कोटासमेत आरोपित रहेको सेक्युरिटी प्रेस खरिद सम्बन्धी विषय हाल विस्तृत अनुसन्धानकै क्रममा रहेको जानकारी दिनुभएको हो ।

सार्वजनिक लेखा समितिबाट प्राप्त भएका करिब १० वटा निर्देशनहरूमध्ये सेक्युरिटी प्रेस खरिद प्रकरणलाई आयोगले अध्ययन गरिरहेको उहाको भनाइ छ । राज्य व्यवस्था तथा सुशासन समितिका निर्देशनका आधारमा राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालसँग सम्बन्धित २–३ वटा उजुरीहरू विस्तृत अनुसन्धानको प्रक्रियामा रहेको उहाले बताउनुभयो ।

रौतहटको दुर्गा भगवती गाउँपालिका कार्यालयसँग सम्बन्धित विषयमा अनुसन्धान पूरा भई मुद्दा दायर भइसकेको समेत मैनालीले जानकारी दिनुभयो । उहाले आर्थिक वर्ष २०७४/७५ बाहेक अन्य वर्षहरूमा अदालतबाट फैसला भएका मुद्दाहरूमा कसुर कायम हुने प्रतिशत ७० प्रतिशत भन्दा माथि रहेको उल्लेख गर्नुभयो ।

विशेष अदालतबाट कसुर कायम नभएका (सफाइ पाएका) मुद्दाहरूमा आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्ने गरेको उहाको भनाइ छ ।

Comment

Related News

Latest News

Trending News