२०८३ भाद्र ५, शुक्रबार ०७:२७

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले भारत सरकारसंग मेडिकल कलेज र आईआईटी शिक्षण संस्थान प्रदेशमा स्थापना गर्न आग्रह गरेका छन् ।

भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा बिहीबार जनकपुरधाममा आयोजित नेपालको वर्तमान अवस्थामा नेपाल भारत सम्बन्ध विषयक एक दिने विचार गोष्ठीमा बोल्दै मुख्यमन्त्री यादवले भारत सरकारसंग यस्तो आग्रह गरेका हुन् । भारतको प्रख्यात मेडिकल अस्पताल अल ईण्डिया मेडिकल इन्सिटिच्यूटको शाखा र एउटा आईआईटी शिक्षण संस्थानको शाखा मधेश प्रदेशमा स्थापना गरी यहाँको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा योग्दान पु¥याई सहयोग गरिदिन उनले भने ।

मुख्यमन्त्री यादवले भारतले मधेश प्रदेशसहित नेपालभर गर्दै आएको विभिन्न योगदानहरुको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन् । मुख्यमन्त्री यादवले भारतसंगको सम्बन्ध पौराणिक काल देखि नै रहेकोले त्यसलाई थप प्रगाढ बनाउन दुबै देशले मिलेर काम गर्नु पर्नेमा जोड दिए । मधेश प्रदेश भारतसंग सबै भन्दा नजिक रहेकोले भारतले मधेश प्रदेशका जनताका लागि विशेष सहयोग गर्नुपर्ने मुख्य मन्त्री यादवले धारणा राखे । उनले राजनितिक जटिलताका कारण भारतले दिँदै आएको सहयोगहरु सिधा प्रदेश सरकारसंग नपुगेर केन्द्र सरकारको झनझटिलो प्रक्रियामा अल्झिन पुगेको गुनासो गरे ।

मुख्यमन्त्री यादवले भारत सरकारले दिन खोजेको आर्थिक सहयोग सोझै प्रदेश सरकारले पाउनु पर्ने वातावरण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा भारतीय महावाणिज्य दुतावास, विरगंजका कन्सुलर जनरल डा. एस मिनाले भारतले नेपालमा विगतको वर्षहरुमा विभिन्न क्षेत्रको विकासका निम्ति दिएको सहयोगहरुबारे विस्तृत जानकारी गराएका थिए ।

भारतको छिमेकी पहिलो निति अन्तर्गत भारतले नेपालको भौतिक, आर्थिक, शैक्षिक र प्राविधिक वृद्धिमा सदैव लगानि गर्दै आएको र भविष्यमा पनि सहयोग जारी राख्ने निति लिएको कन्सुलर मिनाले बताए । भारतले विश्वस्तरमा गर्दै आएको प्रगतिमा नेपाललाई पनि साझेदारको रुपमा लिएर अगाडि बढ्न मद्यत गर्ने उनको भनाई थियो ।

कार्यक्रममाका अध्यक्ष एजम पूर्व मन्त्री रामसिंह यादवले भारत सरकारले आर्थिक र भौतिक विकासबाहेक भावनात्मक र शिपमूलक विकासमा पनि नेपाललाई मद्यत गर्नु पर्ने धारणा राखेका थिए । भारत सरकारले नेपाललाई सहयोग गर्दै आएतापनि नेपालीले भारतलाई हेर्ने दृष्टिकोण साकारात्मक नरहेको पूर्व मन्त्री यादवको भनाई थियो । भारत सरकारले यस विषयको समिक्षा गर्दै भौतिक र आर्थिक सहयोगबाहेक पनि नेपाल र नेपाली संग भावनात्मक जुडाव हुने कार्यहरु गर्नुपर्नेमा उनले जोड दिए ।

Comment


Related News

Latest News

Trending News