नेपाली कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना वाचाहरू पूरा गर्न नसकेपछि सरकारका मन्त्रीहरुले जनताप्रति गैरजिम्मेवारीपन देखाएको बताउनुभएको छ ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ढुंगानाले आफ्ना वाचाहरू पूरा गर्न नसकेपछि जनतालाई ‘आफ्नो भोट फिर्ता लैजाऊ’ भन्नु गैरजिम्मेवारीपन र ओठे जवाफ भएको बताउनुभएको हो । उहाले ड्रम बजाउने र नाच्ने मान्छेहरू जिम्मेवार पदमा पुगेका कारण यस्तो गैरजिम्मेवार परिस्थितिको सिर्जना भएको उल्लेख गर्नुभयो । ढुंगानाले मुलुकलाई फेरि निर्दलीय व्यवस्थातर्फ धकेल्न खोजिएको आशंका व्यक्त गर्दै त्यसका विरुद्ध जनता र सांसदहरू जुनसुकै बलिदान दिन तयार रहेको धारणा राख्नुभयो
अहिले मुलुकको राष्ट्रियता निकै कमजोर अवस्थामा पुगेको र राष्ट्रवादी शक्तिहरूलाई सिध्याउने षड्यन्त्र भइरहेको उहाले बताउनुभयो ।

