२०८३ भाद्र ६, शनिबार ०७:४१

मधेश प्रदेशसभाको चालु बजेट अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको छ ।

मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले अधिवेशन अन्त्य गरेको हो । सरकारको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता सञ्जिप कुमार दुब्बेले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद् को सिफारिसअनुसार प्रदेश प्रमुख कर्णले अधिवेशन अन्त्य गरेको जानकारी दिए । सातौँ अधिवेशनमा प्रदेशसभाका जम्मा १७ वटा बैठक बसेका थिए । ती बैठकमा प्रदेशसभा कुल १७ घण्टा ५९ मिनेट मात्र सञ्चालन भएको प्रदेशसभा सचिवालयको विवरणमा उल्लेख छ ।

प्रदेशसभाको अधिवेशन अन्त्य भएसँगै चालु अधिवेशनमा अघि बढाइएका विधायिकी तथा अन्य संसदीय कामकारबाहीसमेत तत्कालका लागि रोकिएका छन् । प्रदेशसभाको आगामी अधिवेशन कहिले आह्वान गर्ने भन्ने विषय भने प्रदेश सरकारको सिफारिस र संवैधानिक प्रक्रियाअनुसार तय हुनेछ ।

बजेट अधिवेशन अन्त्य भएपनि हिउँदे अधिवेशन कहिलेदेखि शुरु हुने बारे प्रदेश सरकारले कुनै निर्णय गरेको छैन । मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अधिवेशन बारे जानकारी दिँदै भने ‘आज बजेट अधिवेशन अर्थात सातौं अधिवेशन अन्त्य गरिएको छ । चाँडै नै हिउँदे अधिवेशनका लागि बैठक आह्वान गरिनेछ ।’ कहिलेदेखि हिउँदे अधिवेशन सञ्चालन गरिने उनले हेरौँ कहिलदेखि हुन्छ निश्चित छैन, तर चाँडै नै संचालन गर्ने तयारी गर्ने उनले बताए । सातौ अधिवेशनमा जम्मा १७ वटा बैठक बसेको छ । जसमा कुल १७ घण्टा ५९ मिनेट मात्र सभा सञ्चालन भएको हो ।

Comment


Related News

Latest News

Trending News