जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा भोलीदेखि खाली गराउने भएको छ ।
पहिलोचरणमा तोकिएका अतिक्रमित पोखरीको डिल खाली गराउन डोजर चलाइने गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाइने गुठी संस्थान जनकपुरधामका किशोर कुमार झाले जानकारी दिएका छ्न । उनका अनुसार गत साउन १ गते नै अतिक्रमित ठाउँ खाली गर्न सूचना जारी गरिसकिएको छ ।
शुक्रवार अतिक्रमित जग्गा आफै खाली गरिदिन माइकिङ गरिएको छ । भोलीसम्म खाली नभएको अवस्थामा डोजर चलाइनेछ । पहिलो चरणमा अतिक्रमित भनेर पहिचान गरिएका ५० वटा मध्ये ७ वटा पोखरी अतिक्रमण मुक्त गराइने उनले बताए ।
पहिलो चरणमा पोखरी, मन्दिर परिसर र तेस्रो चरणमा अन्य अतिक्रमण मुक्त गराउने कार्ययोजनासहित गरी वर्गीकरण गरिएको समितिका सदस्य सचिव जनक पोखरेलले जानकारी दिएका छन् ।
शनिवारदेखि गिरनारी कुट्टी नजिक रहेका गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गराउन डोजर चलाइनेछ ।

