२०८३ भाद्र ६, शनिबार १६:३१

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले नेकपालाई पुनर्गठन र रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेो कार्यक्रममा नेता खनालले पुरानै ढाँचा र शैलीबाट पार्टी चल्न नसक्ने भएकाले पुनर्गठन र रूपान्तरण अनिवार्य भएको बताउनुभएको हो । पुराना र अग्रज नेताहरूले पद ओगट्नुभन्दा पनि नीति निर्माण, सल्लाह–सुझाव र कार्यकर्ता प्रशिक्षणमा सीमित हुनुपर्ने उहाले बताउनुभयो ।

उहाले युवा कार्यकर्ताहरू केवल अर्ति–उपदेश सुन्नेमा मात्र सीमित नभई नेतृत्व गर्ने आँट, हिम्मत र सिर्जनशीलताका साथ अग्रमोर्चा सम्हाल्न अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

खनालले समाजवादका नाममा केवल अमूर्त व्याख्या गरेर नपुग्ने भन्दै नेपाली विशेषताको वैज्ञानिक समाजवाद कस्तो हुने भन्ने स्पष्ट र ठोस कार्यक्रम जनतामाझ ल्याउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाले देश गम्भीर राजनीतिक संकटबाट गुज्रिरहेको र प्रतिक्रियावादी शक्तिहरू विभिन्न रूपमा सक्रिय भइरहेको उल्लेख गर्नुभयो ।

अहिलको अवस्थामा पुराना दलहरु एक भएर अघि बढ्नुपर्नेमा दिशाहिन हुँदै गएको तर्क गर्नुभयो । कांग्रेस अहिले पनि दुई चिरामा विभाजित रहेको र एकताबद्ध भएर कुनै ठोस निकास दिन सक्ने अवस्थामा नरहेको उहाले बताउनुभयो । त्यस्तै एमालेभित्र पनि बहुमत पंक्ति रूपान्तरणको पक्षमा पुगिसकेको उहाले दावी गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News