२०८३ भाद्र ७, आईतवार ०७:४३

सुनचाँदी व्यवसायी संघ जनकपुरधामको नवनिर्वाचित पदाधिकारीहरुको पदहस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएके छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई शनिवार एक कार्यक्रमका बीच सम्मान गनर््का साथै पदहस्तान्तरण गरिएको छ । संघको साधारणसभाबाट गठित वरिष्ठ सदस्य, पूर्व पदाधिकारी तथा निर्वाचन समिति सम्मिलित १५ सदस्यीय समितिले राजिव कुमार साह ‘चन्दन’ को अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिका संयोजक मनिष रमण साहले जानकारी दिए । नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा संजय कुमार साह, उपाध्यक्षमा श्यामप्रसाद साह, महासचिवमा प्रमोद कुमार साह, सचिवमा दीपक कुमार साह तथा कोषाध्यक्षमा शत्रोहन साह रहेका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरूमा प्रविण साह, अलंकार कुमार ठाकुर, श्याम साह, ललन साह, संजय ठाकुर र अंकित साह सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले शुभकामना दिनुका साथै, सुनचाँदी व्यवसायीलाई एक जुट हुन आग्रह गरेका थिए ।

Comment


Related News

Latest News

Trending News