२०८३ भाद्र ७, आईतवार १५:२८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तय भएको चीन भ्रमण स्थगित भएको छ।
अगस्ट दोस्रो साताका लागि निर्धारित उक्त भ्रमण यसअघि एक महिना पछि सारिएको भए पनि सेप्टेम्बर दोस्रो साता पनि सभापति लामिछाने भ्रमणमा नजाने निश्चित भएको छ। अब उहाँको सट्टा रास्वपा सांसदहरूको टोली मात्र चीन भ्रमणमा जाने भएको छ।
यसअघि भारत भ्रमणलगत्तै सभापति लामिछानेले चीन भ्रमण गर्ने कार्यक्रम तय भएको थियो। लामिछानेले आगामी दिनमा अनुकुल समय मिलाएर अर्को उपयुक्त मितिमा चीन भ्रमण गर्नुहुनेछ, यद्यपि नयाँ मिति भने हालसम्म तय भइसकेको छैन।

