२०८३ भाद्र ८, सोमबार ०७:२८

आफ्नै श्रीमतिको हत्या गरेर फरार रहेको आरोपमा धनुषा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार यादव रहेको छ । आफ्नो श्रीमति रुबी शर्माको २०८० साउन १५ गतेका दिन घरमै ढुँगा प्रहार गरी हत्या गरेको यादवमाथि आरोप रहेको छ । घटनापछि फरार रहेका यादवलाई उच्च अदालत जनकपुरधामले २०८३ जेठ २२ गते ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

अदालतको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीको खोजी गर्ने क्रममा जिप्रका धनुषाबाट खटिएको टोलीले यादवलाई लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित खसी बजारबाट पक्राउ गरेको हो ।

पक्राउपछि यादवलाई नियन्त्रणमा राखेको छ । आज सोमवार अदालत खुलेपछि उनलाई अदालतमा उपस्थित गराई फैसला कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइने जिप्रका धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताएका छन् ।

Comment


Related News