२०८३ भाद्र ९, मंगलवार १२:३५

आज सुनचाँदीको भाउ सामान्य घटेको छ ।

हिजोको तुलनामा आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । सुन आज तोलाको ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ३ लाख २२ हजार ७ सय रुपैयाँ रहेको थियो । हिजो सुनको भाउ तोलामा ३ हजार २०० रुपैयाँले बढेको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

आज चाँदी तोलामा ६५ रुपैयाँले घटेर तोलाको ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि हिजो चाँदीको भाउ तोलाको ४ हजार ९६५ रुपैयाँ रहेको थियो ।

Comment


Related News

Latest News

Trending News