२०८३ भाद्र ९, मंगलवार १२:५८
भोली बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बेठकमा प्रधानमन्त्री बालेन्द्र साहले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन् ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो ।
त्यस्तै कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि राखिएको थियो ।
तर आज १ बजे सिंहदबारमा बस्ने भनिएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालय ले जनाएको हो ।

