२०८३ भाद्र ९, मंगलवार १७:५२

जीतपुर सिमरा उपमहानगरपालिका–६ बाट ११ वर्षीया बालिका बेपत्ता भएकी छन्। स्थानीय सनाया खातुन बेपत्ता भएको जानकारी इलाका प्रहरी कार्यालय सिमराले दिएको छ।

प्रहरीका अनुसार सनाया बेपत्ता भएको भन्दै उनकी आमा गुलाप्सा खातुनले आज मध्यान्ह प्रहरीमा निवेदन दिएकी हुन्।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दयाकृष्ण भट्टले बालिका बेपत्ता भएको सम्बन्धमा निवेदन प्राप्त भएको पुष्टि गरेका छन्।

निवेदन प्राप्त हुनासाथ प्रहरीले बालिकाको खोजी सुरु गरेको जनाएको छ। बालिका कहाँ र कसरी बेपत्ता भएकी हुन् भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Comment

Related News

Latest News

Trending News