२०८३ भाद्र ११, बिहीबार ०७:४६

मधेश प्रदेशको राजधानी जनकपुरधाम ७ जिरो माइलस्थित मिथिला संस्कृति तथा ग्रामीण वातावरण सहितको बाँस वाटिका भन्ने रेष्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा आएको छ । बाँस वाटिकाको औपचारिक उद्घाटन बिहीवार बिहान १० बजे एक समारोहका बीच विभिन्न कार्यक्रमसहित मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवद्वारा गरिने सञ्चालकले जनाएको छ ।

उद्घाटनको अवसरमा मिथिला कला, राखी तथा स्थानीय उत्पादन प्रदर्शनीसँगै विशेष तीज सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको सञ्चालक समितिका नवीन साहले जानकारी दिएका छन् । साहले बुधबार पत्रकार सम्मेलन गरी प्यालेसको उद्घान बारे जानकारी दिएका छ्न । उद्घाटनसँगै स्थानीय कला, संस्कृति, उत्पादन र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिने उनले बताए । ‘बाँस वाटिका रेस्टुरेन्ट वा पार्टी प्यालेसका रूपमा मात्र सीमित नरहोस् भन्ने हाम्रो उद्देश्य हो । यहाँबाट मिथिलाको कला, संस्कृति, स्थानीय उत्पादन, खानपान र आतिथ्यलाई प्रवद्र्धन गर्ने प्रयास गरेका छौँ,’ साहले भने ।

उद्घाटन समारोहको प्रमुख आकर्षणका रूपमा मिथिला कला, राखी तथा स्थानीय उत्पादन प्रदर्शनी आयोजना गरिने भएको छ । प्रदर्शनीमा स्थानीय कलाकार, हस्तकला व्यवसायी, उद्यमी तथा विभिन्न स्थानीय उत्पादकहरूले आफ्ना उत्पादन तथा सिर्जना प्रदर्शन गर्नेछन् । मिथिला चित्रकला, हस्तकला, राखी लगायत स्थानीय स्तरमा उत्पादित सामग्रीलाई प्रदर्शनीमार्फत प्रवद्र्धन गर्ने योजना रहेको साहले जानकारी दिए ।

स्थानीय कलाकार तथा उद्यमीलाई आफ्ना उत्पादनको प्रचारप्रसार तथा बजार विस्तारका लागि प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको उनले भने । स्थानीयस्तरमा धेरै प्रतिभा र उत्पादन छन् । तर, उनीहरूले आफ्नो कला र उत्पादन देखाउने पर्याप्त अवसर पाइरहेका हुँदैनन् । बाँस वाटिकालाई त्यस्ता कलाकार तथा उद्यमीका लागि पनि एउटा साझा मञ्चका रूपमा विकास गर्ने हाम्रो प्रयास रहेको उनले बताए ।

उद्घाटनकै अवसरमा विशेष तीज सांगीतिक कार्यक्रम समेत आयोजना गरिने भएको छ । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्वका रूपमा रहेको तीजको अवसरलाई लक्षित गर्दै सांगीतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । तीजको उत्सवमय वातावरणलाई थप जीवन्त बनाउने उद्देश्यले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने साहले जानकारी दिए । उनका अनुसार उद्घाटन कार्यक्रममा सहभागी हुने अतिथिहरूका लागि प्रवेश निःशुल्क रहनेछ । साथै सहभागीहरूलाई विभिन्न परिकार चाख्ने अवसरसमेत उपलब्ध गराइनेछ ।

Comment


Related News

Latest News

Trending News