२०८३ भाद्र ११, बिहीबार ०७:५०

रसुवाको स्याफ्रुबेँसी, त्रिशुली र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा मधेश प्रदेशका करीब एक दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहिन रहेका छ्न । सम्पर्कविहिन हुनेहरु सबै विभिन्न हाइड्रोपावर र अपर जलविद्यूत आयोजनामा काम गर्ने इन्जिनीयर हुन् ।

प्राप्त जानकारी अनुसार बारा सुवर्ण गाउँपालिका–४, हरैया निवासी रमेशकुमार यादव, महोत्तरीको पिपरा गाउँपालिका निवासी इन्जिनियर विकास यादव, जनकपुरधामका अजय प्रसाद सिंह, सप्तरी बोदेबरसाइन नगरपालिका काचनटोलका देवकुमार यादव, शिवकुमार यादव र सचित यादव सम्पर्कविहीन रहेका छन् । यस्तै मधेश प्रदेश निवासी सन्तोष कुमार ठाकुर, राहुल गुप्ता, राजा यादव र सुरज मण्डल सम्पर्कविहिन रहेका छ्न ।

समाचार लेख्दासम्म यिनीहरुको ठेगान नखुलेपनि तिनीहरु मधेश प्रदेशकै रहेको जनाइएको छ । बाढी आएको समयदेखि उनीहरु सम्पर्कविहिन हुन् । सामाजिक सञ्जालमा तिनका आफन्त र परिवारजनहरुले उद्धारको गुहार गर्दै सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् । बाराका रमेश यादव रसुवामा सञ्चालित अपर त्रिशूली हाइड्रोपावरको ३३ मेगावाट क्षमताको आयोजनामा कार्यरत रहेको स्थानीय परवेज खानले जानकारी दिएका छन् । यस्तै महोत्तरीको पिपराका विकास यादव पनि रसुवास्थित एक हाइड्रोपावरमै कार्यरत छन् ।

जनकपुरधामका अजयप्रसाद सिंह २१६ मेगावाटको अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत छन भने सन्तोष कुमार ठाकुर, राहुल गुप्ता पनि अपर त्रिशुली जलविद्युत आयोजनामै इन्जिनीयरको रुपमा कार्यरत जनाइएको छ । बाढीमा सम्पर्कविहिन भएका सप्तरीको बोदेबरसाइन तीनै एक परिवारका दाजुभाई हुन् ।

सम्पर्कविहीन तीनै जना रसुवास्थित एक हाइड्रोपावरमा कार्यरत रहेको परिवारले जनाएको छ । देवकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार सुपरभाइजरका रूपमा कार्यरत थिए । उनीहरूका बुवा लालबहादुर यादवका अनुसार बुधबार बिहान रसुवामा बाढी आएपछि तीनै छोरासँग सम्पर्क हुन सकेको छैन । बाढीपछि उनीहरूको अवस्था अज्ञात रहेको भन्दै यादवले सम्बन्धित निकायसँग तत्काल खोज तथा उद्धार गरिदिन आग्रह गरेका छन् ।

यस्तै जनकपुरधामका सिंहका श्रीमति पुजा साहले पनि बाढी आएको समयदेखि श्रीमानसँग सम्पर्क हुन नसकेको भनी आफ् नो श्रीमानको खोजी तथा उद्धार गरिदिन आग्रह गरेकी छिन् । य

सैबीच मधेश प्रदेश सरकारले घटनाप्रति दुख व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीको एक दिन बराबरको तलब विपद् व्यवस्थापन कार्यमा सहयोग गर्ने उद्देश्यले केन्द्रिय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बुधवार मन्त्रिपरिषदको बसेको बैठकबाट भोटेकोसी नदीमा आएको बाढीका कारण भएको जनधनको व्यापक क्षति प्रति गहिरो दुःख प्रकट गर्दै मधेश प्रदेश सरकार मृतकप्रति हार्दिक समवेदना व्यक्तसहित घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रभावित क्षेत्रका नागरिकको खोज, उद्धार र राहत कार्यमा सहयोग पु¥याउन मधेस प्रदेशका आम नागरिक, बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा आमसञ्चार जगतलाई मधेश प्रदेश सरकार हार्दिक अपिल गरेको छ । यसका साथै यस विपद्को घडीमा विपद् व्यवस्थापनको कार्यमा सहयोग पु¥याउन मधेस प्रदेश, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री लगायत सम्पूर्ण पदाधिकारी र कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा दाखिला गर्ने निर्णय गरेको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् को बैठकले तटीय क्षेत्रमा बाढीको प्रभाव क्रमशः बढ्दै गएकाले नदी आसपासका बासिन्दाहरूलाई पूर्ण सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अपिल गरेको छ । मन्त्रिपरिषद् बैठकले वर्तमान पुस्ताले नदेखेको र नभोगेको स्तरमा बाढी तथा डुबानका घटनाहरू घटेको उल्लेख गर्दै घटनाप्रति स्तब्धता प्रकट गरेको छ ।

साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । उद्धार, राहत र पुनस्थापनाका लागि संघ -नेपाल सरकार) ले तय गर्ने हरेक नीति तथा कदममा मधेश प्रदेश सरकारको पूर्ण साथ, सहयोग र समर्थन रहने मन्त्रिपरिषद्ले स्पष्ट पारेको छ ।

Comment


Related News

Latest News

Trending News