२०८३ भाद्र ११, बिहीबार १५:५८

अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपालको ‘ए’ टोलीले तेस्रो हार बेहोरेको छ । योसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।

नेपाल ‘ए’ हैदराबाद किङ्ग्समेन एकेडेमीसँग ३१ रनले पराजित भयो । किङ्ग्समेनले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले १९ ओभर २ बलमा १६६ रन बनाउँदा सबै विकेट गुमायो । नेपाल ‘ए’ का कुशल भुर्तेलले ६६, लोकेश बमले ३८ रन बनाए । किङ्ग्समेनका स्कट कुगेलेइन र उसामा मिरले ३–३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको किङ्ग्समेनले २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाएको थियो । किङ्ग्समेनका शेहान जयसूर्याले ६७ रन बनाए । नेपाल ‘ए’ का नारायण जोशीले २ विकेट लिए ।

अब नेपाल ‘ए’ ले लिग चरणमा १ खेल खेल्न बाँकी छ । नेपाल ‘ए’ ५ खेलमा ४ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।

Comment


Related News

Latest News

Trending News