२०८३ भाद्र १४, आईतवार १५:४२
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा सम्पर्कविहीन भएकामध्ये ७५२ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो १ बजे सार्वजिनक गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएकामध्ये ७५२ जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार चितवनमा २५९, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३,जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ। २ हजार ५०२ जना सम्पर्कविहीन छन्।

