२०८३ भाद्र १५, सोमबार ०७:३३
चीनको तिब्बतस्थित हिमताल फुट् दा भोटेकोशी नदीमा गएको बाढीले तहसनहस भएको रसुवा, नुवाकोट, धादिंगलगायतको क्षेत्रमा उत्पन्न विपद् तथा संकटको घडीमा पीडितलाई राहत उपब्लध गराउनका लागि जनकपुर उद्योग वाणिज्य संघले पीडितलाई राहतसहितका सामग्री संकलनका लागि टिम गठन गरेको छ ।
जनकपुरधाममा आइतबार उद्योग वाणिज्य संघले संघका निवर्तमान अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा संरक्षण, सल्लाहकारलगायत गरी ९ सदस्यीय समिति गठन गरिएको अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए । सो टिमले जनकपुरधाम क्षेत्रबाट पीडितहरुका लागि आवश्यक राहत संकलनलगायतका कार्यहरु गर्ने उनले बताए । सो राहत संकलनका क्रममा जनकपुरधामका व्यवसायीहरुलाई सहयोग गर्न आग्रह समेत उनले गरे ।

