२०८३ भाद्र १५, सोमबार १५:२२

अमेरिकी सरकारले गत बुधबार आएको रसुवाको बाढीपछि नेपालका विभिन्न भागमा यात्रा नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ ।

‘लेभल ४’ अर्थात् यात्रा गर्न नहुने एड्भाइजरी जारी गर्दा रसुवागढी, टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रमा यात्रा नगर्न भनेको छ । भोटेकोशी, कोशी, त्रिशूली तथा नारायणी नदी क्षेत्रका समुदाय बाढीले पीडित भएको एड्भाइजरीमा भनिएको छ । भत्किएका पुल, नदी किनार, होचो स्थान र अस्थिर भिरालो भएको क्षेत्रमा नबस्न अमेरिकाले आफ्ना नागरिकलाई सूचना जारी गरेको छ ।

सूचना नेपालस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको हो ।

नेपालमा छिटो–छिटो प्रदर्शन पनि हुन सक्ने भन्दै सचेतना गरिएको छ । गत वर्ष सुरु भएका देशव्यापी प्रदर्शनहरू अहिले रोकिएको भए पनि शहरका विभिन्न क्षेत्रमा प्रदर्शन तथा स्थानीय स्तरको अशान्ति पुनः हुन सक्ने भन्दै सतर्क रहन भनिएको हो । दूतावासले प्रदर्शनहरू छोटो सूचनामै सुरु हुन सक्ने र हिंसात्मक रूप लिन सक्ने चेतावनी दिँदै ठूलो भिडबाट टाढा रहन तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्न सुझाव दिएको छ ।

Comment


Related News

Latest News

Trending News