रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण मृत्यु हुनेको संख्या ९८७ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार बिहानसम्म ९ सय ८७ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ । साथै नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ ।
यसैगरी, तीन हजार ९१६ जना सम्पर्कविहीन रहेका छन् । जसमध्ये प्रहरीका २५, सेनाका ४५, सशस्त्र प्रहरी बल, नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका तीन जना कर्मचारी रहेका छन् । हालसम्म ११ हजार ८१४ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ । बिपद्पछिको उद्दारका लागि २१ हजार ११ जना सुरक्षाकर्मी परिचालित भएका छन् ।


