२०८३ भाद्र १६, मंगलवार १८:५५

सर्वदलीय बैठकले राहत, उद्धार र पुनस्र्थापनामा सरकारसँग समन्वय गरेर अघि बढ्ने सहमति गरेको छ ।

रास्वपाको आह्वानमा मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले बिपद्को अवस्थामा एकजुट भएर राहत, उद्धार र पुनस्र्थापनामा सरकारसँग समन्वय गरेर अघि बढ्ने सहमति गरेको हो । बैठकपछि रास्वपा प्रवक्ता जगदिश खरेलले खोजी, उद्धार र राहतका विषयमा विभिन्न राजनीतिक दलहरूबाट प्राप्त सल्लाह, सुझाव तथा प्रतिक्रियाहरूलाई गम्भीर रूपमा लिइएको बताउनुभयो । उहाले केन्द्रमा बनेको राजनीतिक सञ्जाललाई सवै तहमा विस्तार गर्ने सहमति भएको उल्लेख गर्नुभयो । यस्तै प्रकारका सर्वदलीय बैठक तथा संयन्त्रहरू बागमती प्रदेश, बाढी प्रभावित सबै जिल्ला तथा स्थानीय पालिकाहरूमा पनि गठन गरिने उहाको भनाइ छ । उहाले संयन्त्रहरूको मुख्य उद्देश्य तिनै तहका सरकारहरूले गरिरहेका विपद् व्यवस्थापनसम्बन्धी काममा सहयोग र सहजीकरण गर्नु हुने उल्लेख गर्नुभयो । सिङ्गो बस्ती सार्न तीनै तहका सरकार, नागरिक, प्रभावित समुदाय र राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति आवश्यक पर्ने भएकाले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिँदै अघि बढ्ने सहमति भएको समेत प्रवक्ता खरेलले बताउनुभयो ।

बैठकपछि एमाले नेता प्रदीप ज्ञवालीले प्रभावित क्षेत्रका पीडित नागरिकहरूलाई राहत वितरण गर्ने कुरामा सरकार गम्भीर हुनुपर्ने, सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि अन्तराष्ट्रिय सहयोग लिनुपर्ने सुझाव दिएको बताउनुभयो । उहाले सवै निकायबीच समन्वय गरेर उद्दार र राहतमा जुट्नुपर्ने बताउनुभयो ।

त्यस्तै नेकपा नेता बर्षमान पुनले सुरुङमा थुनिएका मजदुरको उद्दारका लागि बिज्ञहरु परिचालन गर्नुपर्ने बताउनुभयो । निजी क्षेत्र र अन्य विदेशी कम्पनीहरुलाई समेत उद्दारमा खुला गर्नुपर्ने उहाको भनाइ छ ।

Comment

Related News

Latest News

Trending News