भोटेकोशी बाढीपछि हालसम्म १ हजार ६८ वटा शव फेला परेका छन्।
नेपाल प्रहरीकाअनुसार मंगलबार रातिसम्म ३० बालक, ३५ बालिका, २३२ महिला र ३७१ पुरुषका शव फेला परेका हुन्। त्यस्तै, चार सय वटा आंशिक मानव अंग फेला परेका छन्।
त्यसमध्ये १ हजार ५६ जनाको शव जाँच भएको प्रहरीले जनाएको छ। ५८ जनाको शव भने सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। अझ ९१३ शवको परिचान हुन नसकेको प्रहरीले जनाएको छ।
उक्त शवलाई परिचान गर्न वेबसाइटमा अपलोड गरिएको छ। ४ हजार ६०६ जना अझै सम्पर्कविहीन छन्। त्यसमध्ये २ हजार ६८३ जनास्वदेशी र ५८३ जना विदेशी नागरिक छन्।
बाढी प्रभावित क्षेत्रमा ४ हजार ५३० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार २१४ पुरुष, १ हजार ३०२ महिला र १४ जना लिंग नखुलेका छन्। विदेशी नागरिकतर्फ पनि ५८० जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ।
खोज, उद्धार तथा राहत कार्यका लागि नेपाल प्रहरीले ७ हजार ९१२ जना प्रहरी परिचालन गरेको छ। प्रहरीतर्फ ६५ जना प्रभावित भएका छन् भने २५ जना सम्पर्कविहीन छन्।


