रसुवा बाढीमा परी हालसम्म ११ सय भन्दा बढि नागरिकको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म बाढीमा परि मृत्यु भएका एक हजार ११४ जनाको शव फेला परेको हो । बाढी प्रभावित क्षेत्रमा अझै तीन हजार ९१६ जना सम्पर्कविहीन छन् । रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, गोरखामा ६६, तनहुँमा ३५, नवलपरासी पूर्वमा १७७, नवलपरासी पश्चिममा १९० र चितवनमा ३४८ जनाको शव प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका समेत गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
प्रभावित क्षेत्रमा ३७ ट्रक र ३७ वटा साना सवारीमार्फत अत्यावश्यक खाद्य सामग्री पठाइएको जानकारी दिइएको छ । त्यस्तै हेलिकप्टरबाट समेत प्रभावित परिवारका लागि राहत सामग्री पु¥याइएको छ ।


