२०८३ भाद्र १७, बुधबार १६:४७

नेपाली कांग्रेस संस्थापनइतर समूहले १५औँ केन्द्रीय महाधिवेशन आयोजना गर्न प्रस्तावित कार्यतालिका तय गरेको छ ।

कांग्रेस संस्थापनइतरको सम्पर्क कार्यालय चूनदेवीमा बुधबार बसेको सो समूहको बैठकमा नेता उमाकान्त चौधरीले १५ औँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्नुभएको हो ।

१५ औँ महाधिवेशनको कार्यतालिका बैठकमा प्रस्तुत गरिएको र केन्द्रीय सदस्यहरूको धारणापछि आवश्यक परिमार्जनसहित पारित गरिने कांग्रेस संस्थापनइतर समूहका नेता एनपी साउदले जानकारी दिनुभयो ।

पुस १० गतेभित्र नवीकरण गरिएका क्रियाशील सदस्यतालाई पूर्ण मान्यता दिइने र नयाँ क्रियाशील सदस्यता वडाको सिफारिसका आधारमा वितरण गरी क्षेत्रीय समितिबाटै टुङ्गो लगाइने उहाले बताउनुभयो ।

उहाले अर्को पक्षले तय गरेको महाधिवेशन कार्यतालिका रोक्न सर्वोच्च अदालतमा निवेदन दिएको तर अन्तरिम आदेश नआएपछि आफुहरु पनि १५ औँ महाधिवेशनको कार्यतालिका लिएर अघि बढेको स्पष्ट पार्नुभयो ।

उहाले अदालतमा विचाराधीन पुनरावलोकन मुद्दाको अन्तिम फैसलाले जसलाई मान्यता दिन्छ, त्यही नै आधिकारिक कांग्रेस हुने धारणा राख्नुभयो ।

Comment

Related News

Latest News

Trending News