२०८३ भाद्र १९, शुक्रबार १६:१७

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता पीडितलाई प्रत्यक्ष राहतमा हुनुपर्ने बताउनुभएको छ ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण कार्यक्रममा ओलीले सरकारी कोषमा जम्मा गर्दा रकम त्यत्तिकै थन्किने र पीडितले समयमा नपाउने हुँदा राहत सिधै पीडितको हातमा पु¥याउनुपर्ने बताउनुभयो । राहत सरकारी कोषलाई नभई पीडित जनतालाई चाहिएकाले पीडितलाई सहयोग गरिसकेपछि अवस्था र हैसियत अनुसार मात्र सरकारी कोषमा दाखिला गर्न सकिने उहाले बताउनुभयो । साथै उहाले ‘ग्रिन आर्मी’ भन्ने समूहको अस्तित्वप्रति प्रश्न उठाउनुभयो । गत वर्ष राजनीतिक आन्दोलनका नाममा भएका तोडफोड, लुटपाट, आगजनी र हत्याका घटनाहरूमा उक्त समूह आफ्नो पोशाकमा नदेखिए पनि अन्य रूपमा संलग्न थियो कि भन्नेबारे नेपाली जनताले गम्भीरतापूर्वक सोच्नुपर्ने उहाले बताउनुभयो ।

उहाले नेपालले वातावरणीय विनाश नगरेको भए तापनि त्यसको मार र क्षति भोग्नुपरेकाले संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूबाट विकसित देशहरूसँग दृढतापूर्वक क्षतिपूर्ति माग गर्नुपर्ने बताउनुभयो ।

Comment

Related News

Latest News

Trending News